Logo

दिपक मनाङ्गेको मुक्का कास्की एन्फा अध्यक्ष मिलनमाथि, यस्तो छ कारण



माघ ७, काठमाण्डौ । दिपक मनाङ्गे । नामै काफी छ । वर्षौदेखि गुण्डा नाइके भनेर चिनिएका उनै राजीव गुरुङले मंगलबार आफ्नो गुण्डागर्दी शैली देखाए ।

गुणडगर्दीबाट टाढा रही जनतको सेवा गर्ने भनेर सपथ खाई गण्डकी प्रदेशको सांसद बनेका मनाङ्गेको पुरानै बानी पोखरामा देखिएको हो । सांसद मनाङेले अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका हुन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा असन्तुष्टि जनाउँदै उनले गुरुङमाथि हातपात गरेका हुन् । मनाङले मुख छाडेको र हातपातसमेत गरेको आरोप लागेको छ ।

मुक्का खाने गुरुङ सांसद्को व्यवहारविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटन अघि दुईबीच भनाभन भएको थियो । सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा आयोजकलाई प्रश्न गरेका थिए ।

मनाङबाट आएको टिमको खेल भोलिबाट छ । अघिल्लो दिन मंगलबारबाट मात्र होटलमा राख्ने व्यवस्था मिलाइएको थियो । यही विषयमा भनाभन हुँदै गर्दा सांसद मनाङेले आफूमाथि मुक्का र लात्ती प्रहार गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् । लिगमा ९ टिमको सहभागिता छ । प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउँनेछन् ।



प्रतिक्रिया दिनुहोस्