Logo

नेकपाको महाधिवेशन २०७७ चैत्रमा गर्ने प्रस्ताव



काठमाडौं, १५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशन अगामी वर्ष २०७७ को चैत महिनामा गर्ने प्रस्ताव गरेको छ। अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशन अर्को वर्षको अन्तिम महिनामा गर्नेगरि प्रस्ताव गरिएको छ ।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार चैतको २५ देखि ३० गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरिएको छ । त्यस्तै, प्रतिवेदनमा २०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन गर्ने र चैतमा राष्ट्रिय महाधिवेशन गर्ने उल्लेख गरिएको छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्