“एमसिसी संसदबाट पारित भएरै छाड्छ”
काठमाडौं, १६ माघ । माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेनलमा मन्त्री बाँस्कोटाले एमसिसी संसदबाट पारित भईछाड्ने स्पष्ट पारे । उनले एमसिसी चीनलाई रोक्न नआएको पनि दाबी गरे । उनले भने, ’एमसिसी चीनलाई छेक्न आएको होइन। बिआरआई अमेरिकालाई रोक्न पनि आएको होइन। संसद्मा दर्ता भइसकेको एमसिसीसम्बन्धी विधेयकमा छिटै छलफल गरेर पारित गर्छौं ।’