काठमाडौं, १६ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य नारायण प्रसाद दाहालले आफ्ना दाईसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अब प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । उनले भने,‘उहाँलाई जुनबेला प्रधानमन्त्री बन्न मन लाग्छ, त्यही बेला बन्नुहुन्छ ।’ बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।