Logo

यौन हिंसामा मुछिएका एसएपी राणा निलम्बित



काठमाडौं, १७ माघ । यौन हिंसामा मुछिएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक शौरभ शमशेर राणा निलम्बनमा परेका छन् । उनलाई गृह मन्त्रालयले शुक्रबार निलम्बित गरेको हो ।

राणा संघीय प्रहरी इकाई कार्यालय सुनसरी धरानमा कार्यरत छन् । उनीमाथि यौन हिंसाको उजूरी परेको थियो । राणालाई अनुसन्धानका लागि भन्दै निलम्बन गरिएको हो ।

गृहले निलम्बन गरेपछि राणामाथि छानविन अगाडि बढ्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्