Logo

काठमाडौका यी ठाउँमा आज दिनभर ‘लोडसेडिङ’



काठमाडौं, माघ १८ । महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित बिजुली आज बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको हो। चक्रपथ विस्तारको काम भईरहेकाले उक्त सडकखण्डका रुख कटान गर्नको लागि विद्युत आपूर्ती बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने जानकारी दिएको छ।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस्