काठमाडौं, माघ १९ । पार्टी सचिवालय बैठकमा सम्भावित प्रश्नको उत्तर दिन अहिले नेकपा अध्यक्षद्वय प्रम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवासमा जारी बैठकमा आजै हुने सचिवालय बैठकको तयारी भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठकमा केन्द्रीय कमिटी बैठकमा सचिवालय सदस्यहरुले बोल्ने कि नबोल्ने भन्ने विषयमा छलफल भईरहेको जनाइएको छ ।