Logo

वामदेव गौतम नेकपाको उपाध्यक्ष, संगठानात्मक प्रतिवेदन पारित



काठमाडौं, १९ माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकबाट संगठानात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको छ । यो सँगै सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष बनेका छन् । । नेकपाको सचिवालय बैठकले नै गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै बसकेको स्थायी कमिटी बैठकले समेत गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्