Logo

कर्मचारी नहुँदा भारतमा रोकियो रेल



काठमाडौ । रेल सञ्चालनमा ल्याउने भनिएको समय नजिकिएको छ तर कर्मचारी नहुँदा रेल नआउनेमा झन् अन्यौल बढेको छ । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ । भौतिक पुर्वाधार तथा यातयात मन्त्रालय अन्र्तगत रेल विभागले पर्याप्त पुर्वतयारी गर्न नसक्दा कर्मचारीभर्नामा ढिलाई भएको हो । जयनगर–जनकपुर–कुर्था खण्डमा स¥चालन गर्न लागिएका दुई सेट रेल मध्ये एउटा तयार भएको छ । अर्कोको निर्माण पनि अन्तिम चरणमा छ ।

बनिसकेको रेल ल्यउने तयारी नहँदा अहिले भारतमा नै अड्किएको छ । कर्मचारी भर्ना नगर्दा सम्म रेल आउने संम्भावना छैन । विभागले लामो समयदेखि कर्मचारी माग गर्दै आएको थियो । तर मन्त्रालयले उदासिनता देखाउँदा  कमृचारी भनाृमा ढिलाई भएको छ । विभागले २ सय कर्मचारी माग गर्दै मन्त्रालयमा पठाएपनि निर्णय गर्न बनेको विधेयकले राष्ट्रिय सभामा पेस भएर छलफलका क्रममा छ । रेल विभागले भारतबाट २६ जना कर्मचारी ल्याउने तयारी गरेको छ । कान्तीपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्