काठमाडौ,माघ २२ । प्रधानमन्त्री केपीशर्मा ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष आफै निरन्तर सरकार चलाउने बताएका छन् । ‘अब तीन वर्ष सम्म आफैसंग म रहने हो । म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु ,’ । बालुवाटारमा मंगलबार सम्पादकहरुसँग ओलीले भने ‘अलि अलि किड्नीमा समस्या छ । किन अलि–अलि समस्या राख्ने आजको जमानामा पनि ? ’
एउटा मिर्गौलाले चेप्नु ठुलो कु्रा नभएको उल्लेख गर्र्दै ओलीले भने ‘किन किड्नी राख्न खोजेको हो भने तीन वर्ष बेस्सरी काम गर्न सजिलो होस भनेर । सजिलोसंग बढी काम गर्न सकियोस् भनेर । ’
एमाले र माओवादी एकिकरण हुदाँका बखत दुई अध्यक्ष बीच आलोपालो प्रधानमन्त्री चलाउने ‘सहमती’ भएको थियो । तर अब बाँकी तीन वर्ष पनि एक्लै चलाउने विषयमा पार्टीमा कुनै विमती नरहेको दाबी प्रधानमन्त्रीको थियो । ओलीले भने ‘पहिला त मैले प्रचण्ड जी लाई भनेको थिए , आलोपालो गरौला । आधा म चलाउँला, आधा तपाई चलाउनोस् । उहाँले अस्ति भर्खर भन्नुभयो की यो त अस्थिर हुन्छ ।
उहाँकै प्रस्तावमा यो आलोपालो हटाइएको हो । हामीले निरन्तर बाँकी अवधि मेरै नेतृत्वमा लाने भन्ने विधिवत् निर्णय ग¥यौ । अब अझ सृदृढ एकतासाथ अघि बढ्छौ ।’अन्नपूर्ण पोस्ट्बाट