Logo

ललितानिवास जग्गा प्रकरण विशेषः पत्रपत्रिकाको मुख्य पृष्ठमा प्राथमिकता



काठमाडौं, २३ माघ । आजको पत्रपत्रिकाहरुले ललितानिवास जग्गा प्रकरणमा पूर्वमन्त्री, सचिवहरुसहित पूर्व र बहालवाला उच्च पदस्थमाथि लगाइएको भ्रष्टाचारको मुद्दालाई प्राथमिकताका साथ समाचार छापेका छन् । अग्रपृष्ठमा मुख्य समाचार नै ललितानिवासको भ्रष्टाचार मुद्दा रहेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले १७५ विरुद्ध भ्रष्टाचार मुघा भनी मुख्य समाचार छापेको छ । नागरिक दैनिकले दशककै हाइप्रोफाइल भ्रष्टाचार काण्ड भनी समाचार छापेको छ । कान्तिपुर दैनिकले १ सय ५० विरुद्ध भ्रष्टाचार मुद्दा भनी छापेको छ ।

कान्तिपुर अख्तियार दुरुपयोग आयोगले ललिता निवासको जग्गा अनिमितता संलग्न आरोपमा पुर्वउपप्रधानमन्त्री , तीन पुर्वमन्त्री सहित १७५ जना विरुद्ध बुधबार मुद्दा दायर गरिएको उल्लेख गरेको छ । यो प्रकरणमा अख्तियारले आफ्नो प्रमुख आयुक्तलाई पनि प्रतिवादी बनाएको छ । भष्टाचार गरेको आरोपमा ११० जनालाई र सरकारी जग्ग जफत गर्ने प्रयोजनका लागी ६५ जनालाई प्रतिवादी बनाइएको छ । स्रोतकमा अनुसार सबै प्रतिवादी माथी गरिएको विगोको कुल अंक २० अर्ब हाराहारी छ । अख्तियारकाले अनियमितता हुदाँका बेला तोकिएको जग्गा को न्युनतम मुल्याङ्यांन अंक लाई आधार मानी बिगो रकम गरेका हो ।

गोरखापत्र दैनिकले पनि १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा भनी समाचार छापेको छ ।



प्रतिक्रिया दिनुहोस्