Logo

सरकारले अख्तियार दुरुपयोग अनुसन्धानको दुरुपयोग गरेको छ : नेपाली कांग्रेस



काठमाडौँ २३ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवासको जग्गा प्रकरणको भ्रष्टाचार मुद्दाविरुद्ध पत्रकार सम्मेलन गरेको छ । नेपाली कांग्रेसले बालुवाटारको ललिता निवासको जग्गा प्रकरणको भ्रष्टाचार मुद्दाविरुद्ध कानूनीसँगै राजनीतिक ‘लडाइँ’ लड्ने बताएको छ ।

बिहीबार नेपाली कांग्रेस पार्टी मुख्यालयमा उक्त विषयमा पत्रकार सम्मेलन गरेर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अख्तियारले पूर्वाग्रहपूर्ण तरिकाले अदालतमा मुद्दा दर्ता गरेको उल्लेख गरेका छन् ।अख्तियारले केही व्यक्तिलाई अन्मुक्ति दिन खोजेको प्रवक्ता शर्माले सरकारमाथि आरोप लगाए ।

नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो र प्रभावकारी बनाउन सधै महत्वपूर्ण भूमिका खेलेको छ । तर, ललिता निवास प्रकरणमा अख्तियार पूर्वाग्रहपूर्ण ढंगले प्रस्तुत भएको बताए ,’ प्रवक्ता शर्माले भने, ‘मुद्दाको मूल कुरालाई डाइभर्ड गरेर अन्मुक्ति दिने तरिकाले मुद्दा दर्ता गरियो ।’

भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका पार्टीका उपसभापति विजय कुमार गच्छदारले अदालति प्रक्रियाको सम्मान गर्ने पनि प्रबक्ता शर्माले बताए । ‘यो मुद्दामा अदालती प्रक्रियाको सम्मान हुन्छ । यद्यपि हामीले यसमा कानूनी र राजनीतिक रुपमा सामना गर्छाैं,’ प्रवक्ता शर्माले भने ।

नेपाली कांग्रेस नेतृत्वकै तत्कालीन सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ ल्याएको पनि स्मरण प्रवक्ता शर्माले गरे । ‘भ्रष्टाचार नियन्त्रणकै लागि कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ ल्याएको हो । प्रवक्ता शर्माले भने, ‘भ्रष्टाचार निवारण ऐन संसदमा प्रस्तुत गर्दा तत्कालीन मन्त्री चिरञ्जिवी वाग्लेले संसदमा ऐनका दफाहरु पढेर सुनाएका थिए । पछि उक्त ऐन कार्यान्वयन हुँदा उक्त कानूनानुसार जेल जाने पहिलो राजनीतिक व्यक्ति पनि उनि नै भए ।’

‘यो मुद्दामा प्रतिवादी बनाइएका अरु सबै व्यक्ति दोषी हुन् र गच्छदार मात्रै निर्दोष छन् भन्न खोजिएको हैन । दोषी र निर्दोष भनेर अदालतले नै फैसला गर्ला,’ प्रवक्ता शर्माले भने, ‘यो मुद्दामा राजनीतिक पूर्वाग्रह भएको हो भन्न मात्रै खोजिएको हो । यसमा राजनीतिक पूर्वाग्रह देखिएन र ?’ गच्छदारलाई भ्रष्टाचार मुद्दा लाग्दा ,‘आफ्नालाई जोगाउने, अरुलाई फसाउने ?’ भन्दै प्रवक्ता शर्माले प्रश्न गरे । File Photo



प्रतिक्रिया दिनुहोस्