काठमार्डाै । सेवा सुविधा नभएको भन्दै दक्ष चिकित्सकहरु कर्णाली नदि तर्न रुचाउँदैनन् । नदी पार गरीहाले पनि सुदुरपश्चिमका पहाड उक्लन सरकारी सजायसरह मान्छन् । गरिब, अशिक्षा , दुगृमका कारण सुदरका कहाडी बस्ती अझै पछाडी परेका छन् । स्वास्थय उपचार जनताको मौलिक हकअन्र्तगत रहे पनि दुर्गमबासीले सामान्य उपचारका लागी चर्को मुल्य तिरेर अन्यत्र जानुपर्ने बाध्यता छ ।
तालिम उपकरण सेवा सुविधाबिना पनि सुदुरका पहाडमा स्थायिको भरोसा जित्ने स्वास्थ्यकर्मीहरु नभएका भने होइनन् । दुर्गममा गरिएको सेवाका कारण शहर बजार तिर चचाृमा आउने ठुला डाक्टर र चिकित्सक अघि उनीहरु गुमनाम छन् । डोटीको स्वास्थ्य क्षेत्रमा विभिन्न ठाउँमा काम गर्दै स्थानिय स्तरमा मन जित्दै आएका केही स्वास्थ्य कर्मी यस्ता छन् ।
०६५ सालमा मृत ठानीएकी बच्चालाई लगातारको मेहेनतले पुर्नजन्म दिएकी सिनियर अनमी यशोदा ओझाले जीवनको सबैभन्दा ठुलो जोखिम मोलेकी थिइन् । गाउँघरमा बज्यै भनेर चिनिने ओझाले जिल्लाको दुगृम गाउँ आदृश गाउँपालिकको मैवा स्वास्थ्य चौकीका कार्यरत छिन् ।त्यस्तै ०६४ सालमा मृत्युसंग लडेकी केसाइसिह गाउँपालिकाको बास्कोट की सूत्केरी भएर छटपटाएकी एक महिलालाई सवास्थ्यकर्मी अनमी गीता भट्टले बचाएकी थिइन् ।तेसै गरि शिखर नगरपालिका काी सीता जोशीले पनि धेरै पटम मृत्युसंग लडिरहेका बिरामीलाई बचाएर धेरैको पुर्नजन्म दिएका छन् । (कान्तिपुर दैनिकबाट)