Logo

अनुशासन तथा इमान्दारिता फौजको गहना : महानिरीक्षक खनाल



काठमाडौँ, २४ माघ : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका पाँच जनालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा बिहीबार आयोजित कार्यक्रममा उनलेदज्र्यानी चिह्न प्रदान गरेका हुन् । बुधबारको मन्त्रिस्तरीय निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्य, वंशीराज दाहाल, हरिशङ्कर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेत सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका हुन् ।

सो अवसरमा महानिरीक्षक खानालले अनुशासन तथा इमान्दारिता फौजको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दै उनले आआफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व बहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै राष्ट्र र नागरिकको सेवामा सक्रिय रहनसमेत निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस्