Logo

गच्छदारको बचाउमा कांग्रेसद्वारा आज तेस्रो दिनपनि संसद अवरुद्ध



काठडमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठक पनि अवरुद्ध भएको छ ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि अख्तियारले मुद्दा दर्ता गराएपछि कांग्रेसले विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रतिनिधिसभाको आजको बैठक १ बजेबाट सुरु भएको थियो । गच्छदारमाथि सुनियोजित रुपमा फसाउने उद्देश्यले भ्रष्टाचारको मुद्दा दायर गरिएको कांग्रेको आरोप छ । यसअघि सचेतक पुष्पा भुषाल र मीन बहादुर विश्वकर्माले पार्टीको तर्फबाट आफ्ना धारणा राखेका थिए । आज कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले आफ्नो धारणा राखेका छन् ।

सभामुख अग्नि प्रसाद सापकोटाले भने छलफलको लागि वातावरण बनाउन आग्रह गरेका छन् । आफूले दुई दिनसम्म कांग्रेसका सांसदहरुको कुरा सुनेको सभामुख सापकोटाले सुनाए ।



प्रतिक्रिया दिनुहोस्