मुम्बई । बलिउड नायिका पुनम पाण्डेले व्यापारी राज कुन्द्रा तथा उनका सहयोगीविरुद्ध हाई कोर्टमा मुद्दा हालेकी छिन् । व्यापारी राज कुन्द्रा नायिका शिल्पा सेट्टीका पति हुन् । प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गरेपछि शिल्पाले सीधै हाई कोर्टको ढोका ढक्ढक्याएकी हुन् । समाचार अनुसार गत वर्ष पुनमले आम्र्स प्राइम मिडियासँग आफ्नो नामबाट एप पाउन एक सम्झौतामा हस्ताक्षर गरेकी थिएन् । त्यसवापत उनलाई राम्रै रकम मिल्नेवाला थियो ।
पुनमका अनुसार फर्मको सेयरमा भेदभाव भएपछि उनले सम्झौता फिर्ता लिइन् । त्यसलगत्तै उनलाई विभिन्न नम्बरबाट त्यसबारे फोन आउन थाल्यो । लगातारको फोनले दिक्क भएपछि तीन महिनाका लागी उनी विदेश पलाउन भइन् । विदेशबाट फर्किएपछि पुनमले आफ्नो सम्र्पक नम्बर पनि बदलिन् । तर नयँ नम्बरमा पनि पुरानै कुरा उप्काउदै फोन आउन थाल्यो । खासमा उनले राज कुन्द्राका सहयोगी सौरभ कुसवाहसँग आफ्नो समस्या सल्टाउन नयाँ नम्बरबाट फोन गरेकी थिइन् तर भइदियो उल्टो र उनलाई तारन्तार कुन्द्र कै सहयोगी टिमबाट फोन आएपछि प्रहरीका मद्दत माग्न गइन् । तर प्रहरीले सुनुवाई नगरेपछि हाई कोर्टमा पुगेको उनले बताएकी छिन् । सौरभले भने पुनमकोे आरोप झुठो भएको बताएका छन् ।पुनमले ‘द जर्नी अफ कर्मी’, ‘आयगा हिरो’ लगायत फिल्ममा अभिनय गरेकी छन् । (अन्नपुर्णबाट)