Logo

श्रीस्वस्थानी व्रत कथा आजबाट समापन, शालीनदीमा जे देखियो (फोटोफिचर)



काठमाडौं, २६ माघ । श्री स्वस्थानी मेला (व्रत कथा) आजबाट समापन भएको छ । गत पुस २५ गतेदेखि सुरु भएको स्वस्थानी मेला आज (आइतबार) समापन भएको छ । एक महिनाको अवधिमा काठमाडौंको साँखुस्थित शालीनदीमा स्वस्थानी माताको दर्शन गरिएको थियो ।

 एक महिनाभर शालीनदीको कुण्डमा नुहाई धुवाइ गरी सन्तोषी माताको दर्शन गर्दा मनले चिताएको पूरा हुने विश्वासले भक्तालुहरु शालीनदी आइपुगेका हुन्। यो मेला प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने गर्छ।

मेला अवधिभर हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। व्रत बस्नेले महिनाभरि प्रत्येकदिन नुहाइ श्रीस्वस्थानीको पूजा कथा श्रवण गरेमा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसी महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मर्त्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको भन्ने प्रसंग स्वस्थानी कथामा छ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्