Logo

लुम्विनी–ल्हासा जोड्ने रेलमार्ग बनाउने प्रक्रिया निकै अघि बढिसक्यो : दाहाल



माघ २७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले लुम्विनी र ल्हासा जोड्ने रेलमार्ग बनाउने कुरा निकै अघि बढेको दावी गरेका छन् ।

सोमबार नुवाकोटको विदुर नगरपालीका स्थीत तुप्चेमा पोष्ट बहादुर बोगटीको शालिक अनावरण तथा श्री चण्डेश्वरी मावीको अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा दाहालले यसअघि लुम्विनी र ल्हासा जोड्ने रेल बनाउने कुरामा चीनसंग छलफल भएपनि अव भने उक्त बिषय निकै अघि बढेको बताएका हुन् ।

दाहालले चीन नेपाल र भारतको बीचमा त्रिदेशीय साझेदारीको रुपमा अघि बढ्नुपर्ने भन्दै त्यसमा चीन र भारत सैद्धान्तीक रुपमा सकारात्मक रहेको जिकिर गरे । उनले केरुङ ठोरी राजमार्ग निर्माणलाई पनि छिटै अघि बढाइने बताए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले पछिल्लो समय जलबिधुत आयोजना निर्माणले तिव्रता पाएको भन्दै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने उल्लेख गरे ।

कार्यक्रममा दाहाल र मन्त्री पुनले मलुक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेका स्व.नेता पोष्ट बहादुर बोगटीको उहाकै जन्मथलोमा निर्मााण भएको शालिक अनावरण गरेका छन् ।

बिभिन्न संघ संस्था, बिदुर नगरपालीका, वडा कार्यलय,स्थानिय युवा क्लबहरु लगाएतको आर्थिक सहयोगमा २ महिनामा नै सो शालिक निर्माण भएको हो ।

यसैगरी दाहालले अर्को एक कार्यक्रमलाई सम्बोधन गर्दै समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

नुवाकोटको किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ भवनको सोमबार उद्घाटन गर्दै उनले विद्यालयमा सुविधा सम्पन्न नयाँ भवनको निर्माणले अब शिक्षामा गुणस्तर र दक्षजनशक्ति उत्पादनमा थप ऊर्जा थपिने विश्वास व्यक्त गरे । दाहालले नेपाल जस्तो पछि परेको राष्ट्र मात्र नभइ विकसित अमेरिका र युरोपका राष्ट्रले शिक्षा नै प्रथामिकतामा राख्ने गरेका अनुभवले पनि शिक्षित जनशक्ति उत्पादन नभइ समृद्धिको सपना पूरा हुन नसक्ने बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका उपनिर्देशक दिलीपशेखर श्रेष्ठले भूकम्पले क्षति पु¥याएकामध्ये सात हजार ५०० क्षतिग्रस्त विद्यालयमध्ये पाँच हजार ५०० को पुनःनिर्माण सम्पन्न भइसकेको जानकारी दिए । विद्यालयको १५ कोठ नयाँ भवन रु तीन करोड ९५ लाख लगानीमा जोशी–काङ्ग्री निर्माण व्यवसायीले तोकिएको अवधि भन्दा एक महिनाअघि नै निर्माण सम्पन्न गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्