Logo

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित



काठमाडौँ, २८ माघ  : प्रतिनिधिसभाको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तर्फबाट संविधानसभा सदस्य रहेका सिद्धार्थकुमार सोमानीको निधनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव बैठकले पारित गरेको हो । स्व नेता सोमानीको ५२ वर्षको उमेरमा यही माघ २५ गते शनिबार झापास्थित निवासमै निधन भएको थियो ।

नेता सोमानी २०६४ सालमा तत्कालीन माओवादीका तर्फबाट समानुपातिक सदस्य निर्वाचित भएका थिए । स्व नेता सोमानीले गणतन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २९ गते बुधबार १ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्