काठमाडौ , माघ २८ । देशकै ठुलो तरकारी बजार कालीमाटीमा भित्रिएका हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफुत तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रिय कृषि प्रयोगशाला अन्र्तगत विषादी अवशेष द्रूत विश्लेषण एकाइले गरेको परिक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको उल्लेख छ ।
आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को अनुपातमा चालु आर्थिक वर्ष २९७६÷७७ को पहिलो सात महिनामा कालीमाटी बजारमा भित्रिएको तरकारीको नमुना परिक्षण गर्दा विषादीको प्रयोग बढेको पाइएको हो । सो एकाइका अनुसार चालुआर्थिक वर्ष को पहिलो साता महिनामा एक हजार ४०२ वटा नमुना परिक्षण गरिएकोमा १२ वटा नमुनामा खानै नहुने विषादीको मात्रा भेटियो भने तीनवटा आठ÷दश केही दिन पर्खेर खान मिल्ने पाइयो । सो एकाइका अनसुार आव २०७५÷७६ मा तीन हजार १२४ वटा नमुना परिक्षण गरेकोमा दुईवटा खानै नहुने र दुईवटा केही दिन पर्खेर खानुपर्ने भेटिएको थियो ।
यस्तै आव २०७३÷७४ मा एक हजार ९३० वटा नमुना परिक्षण गर्दा २२ वटा खान नहुने र पाँचवटा केही दिन पर्खेर खानुपर्ने पाइएका थिए । भने आव २०७२÷७३ एक हजार ९३६ वटा नमुना मा १० वटा खाना नहुने र आठवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए ।त्यसैगरी , आव २०७१÷७२ मा एक हजार ५७० वटा नमुनामा चारवटा खान नहुने र १५ वटा केही दिन पर्खेर खानपर्ने भेटिएका थिए ।(गोरखापत्रबाट)