Logo

नेकपा सांसद पाण्डेको माग : यति होल्डिङ्सबारे श्वेतपत्र जारी गर्नुपर्छ (भिडियोसहित)



काठमाडौं, २९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रभावशाली नेतृ तथा प्रतिनिधिसभा सदस्य विन्दा पाण्डेले यति होल्डिङ्सबारे श्वेतपत्र जारी गर्न माग गरेकी छन् । बुधबारको संसद बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले भनिन्,‘दैनिक जसो समाचार बनिरहेको यति होल्डिङ्सको बारेमा श्वेतपत्र जारी गरी वास्तविकता केहो भन्ने बारेमा आम नागरिकलाई जानकारी गराउन नेपाल सरकारसँग माग गर्दछु ।’

त्यस्तै, उनले वाइडबडी जहाज खरिदमा भएको घोटाला प्रकरण, तारागाउँ, आयल निगम जग्गा अनियमिततालगायतका प्रकरणलाई प्राथमिकताका साथ अनुसन्धान गरेर यथासक्य सत्य तथा तथ्य बाहिर ल्याउन पनि सम्बन्धित निकायसँग आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस्