स्पेन, २९ माघ । स्पानिश जायन्ट बार्सिलोनाका फ्रेन्च युवा स्टाईकर उसमाने डेम्बेले चोटका कारण ६ महिनासम्म मैदान बाहिरै हुने भएका छन् । बार्साका विंगर डेम्बेले नाउ क्याम्पमा हालै भएको प्रशिक्षणमा लड्न पुगेका थिए । उनलाई ह्याम्सटिंग टियर भएको छ । यसको सर्जरी आवश्यक छ । सर्जरीपछि उनी ६ महिनासम्म आराम गरेर बस्नुपर्ने भएको छ ।
डेम्बेलेले बार्सामा आवद्ध भएपछि आफ्नो दुवै गोडामा ठूलो ठूलो चोट बोक्नुपरेको छ । यो सिजनमा उनले पूरा समय जम्मा तीन वटामात्रै खेल खेलेका छन् । यो चोटका कारण उनले पूरै ६३ वटा खेल गुमाउने भएका छन् । त्यतिमात्रै होईन, उनले युरो कप २०२० पनि गुमाउनेछन् । २२ वर्षीय युवा फ्रान्सका भरपर्दा फरवार्ड हुन् । एजेन्सी