काठमाडौं, १ फागुन । सरकारले गत माघ २७ र २८ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका १६ निर्णयहरु सार्वजनिक गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ती निर्णयहरु सार्वजनिक गरेका हुन् ।
उपनिर्वाचन सम्पन्न भएपश्चात् भएको झडपमा परी घाईते भएका अछाम जिल्ला मल्लेख गाउँपालिका वडा नम्बर ५ का गम्भिर साउँद, मोहन साँउद, रामबहादुर साँउद र नरबहादुर साँउदको उपचार तथा विरामी कुरुवा खर्चवापत भएको २ लाख ८३ हजार ५ सय ८४ रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएकोदेखि कर्जा सूचनासम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिईएकोसम्म उल्लेख छ ।