एजेन्सी, ४ फागुन । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले आज रामलीला मैदानमा सपथ लिएका छन् । उनले रामलीला मैदानमा दिल्लीका गभर्नर अनिल बैजलबाट सपथ लिएका हुन् ।
केजरिवाल तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बनेका हुन् । यो सहित दुईपटक उनी बहुमतका साथ मुख्यमन्त्री बनेका छन् ।
आम आद्मी पार्टीका नेता केजरिवाल पार्टीले दिल्ली विधानसभा चुनावमा स्पष्ट बहुमत हासिल गरेपछि मुख्यमन्त्री बनेका हुन् । ७० सिटमध्ये आपले ६२ सिट प्राप्त गरेको छ ।