Logo

एकसय ७५ लिए अङ्गीकृत नागरिकता



तुलसीपुर, ८ फागुन : नयाँ संविधान विस २०७२ मा जारी भएपछि दाङजिल्लाबाट १७५ ले अङ्गीकृत नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा भूपेन्द्र सिंह थापाका अनुसार आर्थिक वर्ष २०७२-७३ मा २६, २०७३-७४ मा २१, २०७४-७५ मा ३३, २०७५÷७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । अङ्गीकृत नागरिकता लिने अधिकांशमा नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको उनले जानकारी दिए ।

संविधानमा वंशज, अङ्गीकृत र आवासीय गरी तीन प्रकारले नागरिकता पाउन सकिने व्यवस्था छ । यसैगरी अङ्गीकृत नागरिकता वैवाहिक र जन्मको आधारमा दिइने प्रावधान रहेको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्