काठमाडौं, ११ फागुन । बाँके नेपालगञ्जका प्रेमबहादुर शाही (६७)र मकवानपुर हेटौंडा ११ नवलपुरका आनन्दराम पौडेल (६४)ले प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु(उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै शाही र पौडेलले आज प्रधानमन्त्रीसहित चार जनालाई आइतबार अख्तियारमा उजुरी दिएका हुन्। अनुचित कार्य भ्रष्टाचार गरेको भन्दै उनीहरूले कारबाहीको मागसहित उजुरी दिएका हुन्। उक्त उजुरी अख्तियारले दर्ता गरिसकेको छ। file photo