१२ फागुन : दुईदिने भारत भ्रमणमा रेहेका राष्ट्रपति डोनाल्ड ट्रम्पको भव्य स्वागत भइरहेको छ । उनी मोदीको गृहजील्ला अहमदाबादमा अमेरिकन विमानबाट अवतरण गरिसकेका छन् । अमेरिका र भारतबीच ठूलो मात्रामा व्यापर र रक्षा सम्झौता हुने जनाइएको छ ।
सम्पूर्ण लगानी कर्ताहरुको नजर यस भ्रमणमा केन्द्रित रहेको जनाइएको छ । यही शुक्रबार भारतीय चालू आर्थिक वर्ष र जीडिपीको आंकडा सार्वजनिक हुनेपनि जनाइएको छ । अन्तरराष्ट्रिय घटनाक्रमका कारण सम्पूर्ण शेयर बजार उथल पुथल भएको छ ।
ट्रम्प र मोदीबीच हुने सम्झौताले शेयर शजारमा ठूलो असर पर्ने र सुधार हुने जनाइएको छ । Photo Source : ANI