Logo

सांसद रिजालले प्रधानमन्त्रीलाई भने : ‘संसदमा आउनुस्, भ्रष्टचार हुँदैन भन्ने आस्वस्त तुल्याउनुस्’ (भिडियोसहित)



काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा आएर जवाफ दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद रिजालले यस्तो बताएका हुन् । उनले भने,‘संसदमा आउनुस् आस्वस्त तुल्याउनुस्। भ्रष्टचार हुँदैन, संविधान कार्यान्वयन हुन्छ भन्ने आस्वस्त तुल्याउनुस्। यी सबै जिम्मेवारीबाट प्रधानमन्त्री बाहिर जानु हुन्न।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेको सुनाउँदै उनले थपे,‘तर, यति होल्डिङलाई कति–कति दिने हो? बालुवाटार प्रकरणमा अख्तियार प्रयोग गरिएको छ। सरकारले आफ्नै गुटको भए जोगाउने अर्काको गुटको हो भने ठेगान लाग्ने। बाँस्कोटाको भ्रष्टाचार ब्रोडब्याण्ड, टेलिकमलगायतकोमा छ। त्यसैले भनेको होला सबै एकतिर गोकुल अर्को तिर। जन्मदिनमा तपाईंको सत्ता उन्माद देखियो। तपाईंको गाउँको त्यो घरलाई लागेको होला आफ्नो खड्गप्रसाद होइन नयाँ महराजा आएछ।’



प्रतिक्रिया दिनुहोस्