काठमाडौं, फागुुन १५ । पश्चिमी वायुको प्रभावले घटेको तापक्रममा आजदेखि सुधार हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विहिबार देश भरको मौसम सामान्य अवस्थामै रहने जनाइएको छ ।
तर, शुक्रबारदेखि भने पुनः बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । विहिबार बिहानैदेखि देशभरको मौषम खुलेसंगै तराईमा लागेको हुस्सुसमेत हटेर गएको जनाइएको छ ।
अहिले देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको प्रष्ट पार्दे महाशाखाले बिहीबार दिउँसो पश्चिमी क्षेत्रका केहि पाहाडि भेगमा आंशिकदेखि सामान्य बदली आउन सक्ने जनाइएको छ । त्यस्तै, मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने समेत मौसम सम्बन्धि समाचारमा जनाइएको छ ।
यस्तै विहिबार राति देशको मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ महाशाखाले जनाएको छ ।