Logo

‘म योद्धा हुँ खरानीबाट उठेर पनि जित्छु’ (बक्सर विल्डर भिडियोसहित)



एजेन्सी, १७ फागुन । उनले मोहम्मद अलीको तस्बिर अंकित कपडा लगाएका थिए जसमा अमेरिकाको झण्डा पनि थियो । शुरुमा भावुक बनेका पूर्व विश्व हेभिवेट बक्सर डियोनटे वेल्डरले भिडियोमार्फत् सन्देशमा कडा बन्दै आफू खरानीबाट पनि उठ्न सक्ने बताए ।

ट्वीटरमा भिडियोमार्फत् सन्देश दिदै उनले भने, ‘म फोनिक्स जसरी खरानीबाट उठेर फेरि जित्छु ।’ ब्रिटेनका टाइसन फुरीबाट पराजित भएको एक हप्तापछि विल्डरले गर्जन गरेका हुन् । आफू राजा भएको र राजा कहिले आत्मसमर्पण नगर्ने बताए । उनले भने, ‘म योद्धा हु, बलियो छु र फेरि जित्छु ।’

उनले आफ्ना समर्थकलाई धन्यवाद दिदै पर्खन भने । वेल्डर गत हप्ता विल्डरसँग सातौ राउण्डमा पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्