Logo

नेपाललाई कोरोनाको धक्का, केके कार्यक्रम भए स्थगित ?



फागुन १९, काठमाण्डौ । दिनप्रति दिन कोरोनाका कारण नेपालमा पनि असुरक्षित महसुस हुन थालेको छ । चिनबाट फैलिएको कोरोना अहिले सम्म ६० भन्दाबढी देशमा फैलीसकेको छ । नेपालमा यसको संक्रमण अहिलेसम्म भएको छैन । छिमेकी देश चिनबाट नेपालमा जुनसुकैबेला कोरोना भाइरस प्रवेश गर्न सक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । अन्य देशबाट नेपाल आउने नागरिकहरुबाट पनि यो भाइरस छिर्ने त्रास बढेको छ ।

कोरोना भाइरसको उद्गम चिन नेपालको नजिकको छिमेकी मुलुक भएको नाताले पनि स्वभाविक रुपमा नेपाल असुरक्षित मान्न सकिन्छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि नेपाल उच्च जोमिमा रहेको बताएको छ । यस्तो अवस्थामा नेपालमा पनि दिनप्रतिदिन आम जनमानसमा क्रस फैलिरहेको छ ।

अहिलेसम्ममा नेपालमा कोरोना भाइरस भित्रि सकेको पुष्टि त भएको छैन् । तर आशंका गरिएको ५ जना व्यक्तिलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्म भर्ना गरिएको छ । जस मध्ये एक जना चाइनिज नागरिक रहेको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेको बताउछन् ।

त्यस्तै अन्य ४ जना नेपालीमा पनि कोरोनाको आशंका गरिएको छ । कोरोना सङ्क्रमण फैलिरहेको दक्षिण कोरीयाबाट फर्किएका नेपालीहरुलाई अस्पतालमा भर्ना गरिएको पाण्डेले बताए ।

अस्पतालमा कोरोनाको आशंकामा विरामी आउने क्रम तिव्र छ । तर अस्पतालमा विरानमीका लागि आवश्यक पर्ने सेवा सुविधाको प्रवन्ध गर्ने प्रधावकारी छैन् । भाइरस नेपाल प्रवेश गरिहालेको खण्डमा उपचारका लागि निजि तथा सार्वजनिक अस्पतालहरुका आइसोलेसन वार्ड विस्तार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण रोक्न सातवटै प्रदेशमा आवश्यक सामग्रीसहित स्वास्थ्य टोली परिचालन गरेको छ । प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् । अझै यस्ता योजनालाई प्रभावकरी बनाउन थप योजना बनाई कार्यान्वयन गर्ने तयारी गरिएको उनले बताएका छन् ।

विश्वभर फैलिँदै गएको कोरोना संक्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कार्ययोजना तयार गरिएको मन्त्रालयको दाबी छ ।

समय यस्तो आइसक्यो कि, कोरोना भन्नासाथ मान्छे डराउनुपर्ने अवस्था छ । दुई महिनाअघि चिनमा देखा परेको कोरोना अहिलेसम्म आइपुग्दा विश्वव्यापी भइसकेको छ । मानवीय क्षति नभए पति नेपाललाई पनि कोरोनाले धक्का दिएको छ ।

सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् । उनले आउँदा दिनका सार्वजनिक कार्यक्रममा पनि सहभागी नहुने भन्दै निम्ता स्वीकार नगर्न आइतबार नै निजी सचिवालयलाई निर्देशन दिएका छन् ।

सरकारले चीनसहित पाँच देशका नागरिकलाई एक महिनाका लागि अनअराइभल भिसामा रोक लगाएको छ । गृह मन्त्रालयले हङकङसहित चीन, इरान, इटाली, दक्षिण कोरिया र जापानका नागरिकलाई मार्च ७ देखि मार्च ३१ सम्म अनअराइभल भिसामा रोक लगाएको हो ।

ती देशका नागरिक नेपाल आउनु परे सम्बन्धित देशमै रहेका नेपाली राजदूतावास र कूटनीतिक नियोगमार्फत कोरोनासम्बन्धी स्वास्थ्य परीक्षणसमेतको रिपोर्टका आधारमा आवश्यकता र औचित्य हेरेर भिसा लिन सक्नेछन् ।

आइतबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल भ्रमण वर्ष नै स्थगित गर्यो । चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओले नेपाललाई उच्च जोखिममा राखेपछि सरकारले भ्रमण वर्ष स्थगित गरेको हो । साथै कोरोना भाइरस प्रभावित देशहरुमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा नदिने भएको छ ।

कोभिड–१९ अतिप्रभावित देशहरुमा उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीलाई तत्कालका लागि रोक लगाउने निर्णय गरेको छ । विमानस्थलमा सबै यात्रुको थर्मल स्क्यानरबाट चेकजाँच गर्दै आइरहेको भए पनि आइतबारदेखि ‘थर्मल गन’ समेतको प्रयोग गरेर सम्पूर्ण यात्रुहरुको शरीको तापक्रम चेकजाँच गर्ने कार्य सुरु गरिएको छ । अहिलेसम्म सरकारले जे जति प्रयास गरेको छ, त्यो पर्याप्त छैन ।

सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न पनि आह्वान गरेको छ । त्यसैगरी यसवर्षको अन्तराष्ट्रियस्तरको कार्यक्रम मानिएको सगरमाथा संवाद कार्यक्रम पनि स्थगित गरिएको छ । परराष्ट्र मन्त्रालयले चैत २० देखि २२ सम्म काठमाडौंमा आयोजना गर्न लागेको संवादमा करिब १ सय ५० विदेशीसहित २ सय ५० प्रतिनिधि सहभागी हुने बताइएको थियो ।

टोखा नगरपालिकाद्वारा यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ पनि स्थगित गरेको छ । यसरी सरसर्ती हेर्दा नेपाल पनि कोरोनाबाट प्रभावित भएको पुष्टी हुन्छ ।

नेपाली कांग्रेसले नोवेल कोरोनाबाट जोगिन एन–९५ मास्क पर्याप्त प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गरेको छ । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन मार्फत सरकार र समुदायलाई १४ बुँदे अपील जारी गर्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो । कोरोनाको जोखिम सामना गर्न राष्ट्रिय पहलकदमी गर्नुपर्ने, कोरोना संक्रमित देशहरूको सूची बनाएर अस्थायी रुपमा तत्काल रोक लगाउनुपर्ने, उद्धार गर्नुपर्ने देशमा बाहेक दोहोरो उडान रद्द गर्न माग गरिएको छ ।

मानिसमा कारोना भाइरसको संक्रमण नभए पनि सम्भावित खतराका कारण महत्वपूर्ण कार्यक्रमहरु स्थगित गर्नुपरेको छ । नेपाल भ्रमण वर्ष जस्तो वर्षौपछि गरिएको वार्षिक कार्यक्रम नै स्थगित गर्नुपर्दा नेपाललाई धेरै घाटा लाग्ने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्