लहान, फागुन २१ । मजीके हाथ कनक पिचकारी, सीयाजीके हाथ अबिर झोरी’ गीतसँगै मिथिलाञ्चलमा होलीको रौनक सुरु भएको छ। धनुषाको कञ्चन वनमा सुरु भएको होलीमा स्थानीयहरूले एक अर्कालाई अबिर लगाएर यसको स्वागत गरेका थिए।
सहरीकरणसँगै सामाजिक सद्भावमा कमी आएपछि होलीको मौलिकता हराउँदै गएका स्थानीयहरू बताउँछन्।‘होलीको रौनक फरक हुँदै गएको छ। पहिला वसन्त पञ्चमीदेखि दिवाना हुन्थ्यो।
अहिले होली मनाउन संस्कृतिमा विकृति धेरै आएको छ। नयाँ पुस्ताले होलीको सांस्कृतिक महत्व बुझ्न सकेका छैनन्। सामाजिक सद्भावको पर्व भनिएपनि अहिले गाउँले भेटिन्न्,’सिरहा लालपुर टोलका ८० वर्षीय स्थानीय झमन यादवले भने।नागरिक दैनिकबाट