Logo

उत्तर कोरियामा रातो रङ्ग ‘पूँजीवादको प्रतिक’, रातो लाली लाउन बन्देज



एजेन्सी, २२ फागुन । उत्तर कोरियामा कम्युनिस्ट शासन छ । परिवारवादसहितको कम्युनिस्ट सरकारले व्यक्तिगत स्वतन्त्रतामा निकै कडाई गरेको छ । कम्युनिस्ट पार्टीको झण्डा रगतको रङ्गको छ । तर, व्यक्तिले रातो रङ्ग लगाउन बन्देज छ । कारण यो रङ्गलाई पूँजीवादको प्रतिक मानिन्छ ।

उत्तर कोरियामा महिलाले निश्चित श्रृंगार मात्र गर्न पाउँछन् । रातो रङ्ग बन्देज छ । कपाल कटाई देखि पोशाकमा समेत मापदण्ड तोकिएको छ ।

उत्तर कोरियामा स्वतन्त्रता नभएपछि कतिपय नाम चलेका कलाकारहरु भागेर दक्षिण कोरिया पुगेका छन् । उनीहरु पहिलोपटक श्रृंगारको सामान भएको पसलमा पुग्दा खेलौना पसल भन्ठानेको सुनाउँछन् । राज्यको नियन्त्रण अत्याधिक छ ।



प्रतिक्रिया दिनुहोस्