चन्द्रौटा, २४ फागुन : भारतको गोरखपुरमा अलपत्र परेकी एक किशोरीको उद्वार गरिएको छ । कपिलवस्तु नगरपालिका वडा न ८ निवासी १६ वर्षिया किशोरीको भारतीय प्रहरीको सहयोगमा शान्ति पुनःस्थापना गृहले उद्वार गरेको हो ।
शिवरात्रीका दिन मेला हेर्न जान्छु भनेर हिँडेकी किशोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरी समक्ष खोजिदिन आग्रह गरेका थिए । खुनुवा नाका हुँदै भारत प्रवेश गरेको सुचनाका आधारमा भारतीय प्रहरीसँग समन्वयन गरी उद्वार गर्न सफल भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भुमीराज भट्टराईले बताए ।
उद्धार गरिएकी किशोरीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमार्फत परिवारको जिम्मा लगाइएको छ । किशोरीलाई कसले किन लग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए ।रासस