काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजबाट नियमित सन्तुलित आहार दिन थालिएको त्रिवि शिक्षण अस्प्तालले जनाएको छ । आईतबार अस्पतालले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखा परेका छन् ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाको नाममा जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्रीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको उल्लेख गरिएको छ । त्यस्तै, अस्पतालले जनाएअनुसार भाइटल तथा ल्याब सामान्य छन् ।
प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान दिने उनकी भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि राम्रो हुँदै गएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।
प्रधानमन्त्री ओलीलाई किड्नी दान गर्ने समिक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । उनको पनि भाईटल तथा ल्याब सूचांकहरु सामान्य रहेको अस्पतालले जनाएको छ ।