Logo

चीनले चार उपग्रह पठायो



एजेन्सी, २५ फागुन । चीनले नयाँ प्रविधिका चारवटा उपग्रहहरुलाई सफलतापूर्वक कक्षमा पठाएको छ । दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तमा जीचांग उपग्रह पक्षेपण केन्द्रबाट चारवटा नयाँ प्रविधिका उपग्रहहरु पठाएको जनाइएको छ । उक्त उपग्रहको उडान गत बिहीबार गरिएको जनाइएको छ ।

उपग्रहहरुलाई लंग मार्च टु डी रकेट क्यारियरले लिएर उडान भरेको छ । नयाँ प्रविधिको उपग्रहहरुले पृथ्वीको अवलोकन गर्नेछ । क्यारियर रकेट र दूईवटा उपग्रह शांघाई एकेडेमी अफ स्पेस फ्लाइट टेक्नोलोजीद्वारा निर्मार्ण गरिएको हो भने अर्को दुई उपग्रहहरु हार्बिन इन्सटिट्यूट अफ टेक्नोलोजीले निर्माण गरेको जनाइएको छ । लंग मार्च रकेटको यो ३२६ औँ मिशन रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्