२५ फागुन । अमेरिकी निजी स्पेस कम्पनी स्पेस एक्सले ६० वटा स्टारलिंक उपग्रहहरुलाई अन्तरीक्षमा सफलतापूर्वक पठाएको छ । उक्त उपग्रहले सम्पूर्ण विश्वको इन्टरनेट सेवालाई सुधार गर्न पठाइएको जनाइएको छ । उक्त उपग्रहहरुलाई फालकन ९ रकेटले लिएर उडान भरेको जनकारी समेत स्पेस कम्पनीले दिएको छ ।
स्टारलिंकले पूथ्वीको तल्लो कक्षमा रहेर विश्वभर लगातार इन्टरनेट कभरेज प्रदान गर्न स्पेस एकसले डिजाइन गरेका जनाइएको छ । स्पेस एक्सले १२ हजार स्टारलिंक उपग्रह सन् २०२४ सम्म पठाउने योजना बनाएको जनाकारी दिएको छ । उक्त उपग्रहमा थप ३० हजार स्टारलिंक उपग्रह थपेर कुल ४२ हजार उपग्रह पुर्याउने जनाकारी समेत दिएका छन् ।
प्रत्येक स्टारलिंक उपग्रहको तौल २६० केजी रहेको छ । उपग्रहले प्रदान गरेको इन्टरनेट सेवा उत्तरी अेमरिका र क्यानेडामा यही वर्ष सुरुवात हुने जनाइएको छ । विश्वभर उक्त इन्टरनेट सेवा सन् २०२१ सम्ममा प्रदान गर्ने जनाइएको छ ।