काठमाडौ, फागुन २६ । आजकल सबैको मनमा उठ्ने एउटै प्रश्न हो । तेस्रो विश्व युद्ध हुन्छ वा हुँदैन । तेस्रो विश्व युद्ध हुनेमा धेरैले दावा गरेका छन् ।सरकार दुई किसिमको तरिका, हतियार र बहुमतको शक्तिले तयार भएर बस्नुपर्ने हुन्छ । युद्धको वारेमा नास्त्रेदमसले भविष्यवाणी गरेका छन, भगवान् बुद्धले भनेका छन् विचारले वस्तुहरु र घटनाको रुप लिन्छ । जुन तपाईको विचारको परिणाम हो । तपाईँ हामीले हामीमा भएको नकरात्मक सोच परिर्वतन गर्न सकिदैन । नकारात्मक सोच त आफै आउँछ तर हामीले सकरात्मक सोच ल्याउनु जरुरी हुन्छ ।
नास्त्रेदमसले १५०३ मा आफ्नो किताब सेन्चुरीमा लेखेका छन् ।‘एक पनडुब्बीमा तमाम हतियार र कागजात भएका व्यक्ति इटालीको तटमा पुगे युद्ध शुरु भयो । उनीहरुको सेनाको समुहहरु धेरै टाढाबाट इटालवी सम्म आएका थिए । ’
उनले अगाडी लेख्छन् –‘एक देशमा जनक्रान्तीबाट नयाँ नेतृत्वको सम्हाल्नेछन् । नयाँ पोप अन्य देशहरुमा बस्नेछन् । मंगोल (चीन) चर्चमा आक्रमण युद्ध हुनेछ । नयाँ धर्म (इस्लाम) चर्चले आक्रमण गरेको डरलाग्दो घटना भयो र इटाली र फ्रान्ससम्म जाँदा, त्यसबेला युद्ध सुरु हुनेछ । ’
‘एशियाको महान व्यक्ति समुन्द्र र जमीनमा धेरै सेना लिएर हवाईयात्रामा निक्लिए । यसै सेन्चुरीको २४ र २५ छन्दमा भयानक युद्धको वर्णन गरेको छ ।
उल्कापिन्ड धर्तीमा आउँदा तहल्का मच्चिने
नास्त्रेदसमल गरेको भविष्यवाणी अनुसार तेश्रो विश्वयुद्धमा चलिरहँदा आकाशबाट एक गोला पृथ्वीको छेउछाउ बढ्ने र हिन्द महासागरमा आगलागी र तुफान उठाइदिन्छ ।य स घटनाले संसारका कतिपय देशहरु जलमग्न हुनेछन् ।
झारकाइपन्डबाट श्रलिंका, मालदीव, ब्रुनेई, इन्डोनेशिया, न्युगिनी, फिलिपिन्स, कम्बोडिया, थाईल्यान्ड, बर्मा, बंगलादेश, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, मिश्र, साउदी अरब आदी देशहरुका ठाउँहरु छन् ।
‘एक नराम्रो र कुख्यात व्यक्ति मोसोपोटामिया (इराक) को तानाशाह बन्ने र धेरै उत्कृष्ट क्षमता भएको मित्र बनाउनेछन् । धेरै देशहरुमा युद्धको आगो सल्काईदिनेछ । सेन्चुरी ७० मा केही विद्धानहरुले यो भविष्यवाणीलाई सद्दाम हुसेनसँग जोडेर हेरीहरेका छन्, जो वर्तमान अल बगदादीसँग बसेका छन् ।
‘केही समयपछि धर्मले मानिसहरुलाई छुट्टाउँछ । कालो र सेतो दुवै बीचमा रातो र पहेलो हरु आ–आफ्नो अधिकारको लागि भिड्ने छन् । रक्तपात, भुकम्प, बिरामी, अकाल, युद्ध र भोकमरीले मानिसहरुको बेहाल हुनेछ । (सेन्चुरी १०)मा जे लेखिएको छ आजको हालत यस्तै छ ।
महान राजनेताको उदय
संघर्ष, युद्ध भएपछि एक महान नेता संसारमा आई शान्ती स्थापना हुनेछ । तीन तीरबाट घेरेको समुन्द्र क्षेत्रमा उनले जन्म लिनेछन्, जसले बिहिबार आफुले अवकाश दिवस घोषणा गर्नेछन् । उनले पं्रशसा र प्रसिद्धि धेरै कमाई सत्ता र शक्ति बढ्दै गएर भुमि र समुन्द्रमा शक्तिशाली अरु कोही हुदैन । (सेन्चुरी १–५०)
पाँच नदिहरुको प्रख्यात द्विप राष्ट्रमा एक महान राजनेताको उदय हुनेछ । राजनेताको नाम ‘वरण’ वा ‘शरण’ हुनेछ । ऊ एक दुश्मनको उन्माद हावामा समाप्त हुनछ र ,यो कार्यमा छ जना मानिसहरु मर्नेछन् । (सेन्चुरी २७)
चाडो सबै संसारको मुखिया हुनेछ , महान ‘शायरन’ पहिले सबैले माया गर्नेछन् र पछि भयवित र शंसकति हुनेछन् । उसको ख्याती आकाशमा पुग्नेछ र उसले विजेताको रुपमा सम्मान पाउँनेछन् । (सेन्चुरी ७०)
एशियामा उनी हुनेछन्, युरोपमा हुन सक्दैनन् । एक विद्धान शान्तीदुत सबै राष्ट्रहरुमा हावी हुनेछ । यसमा ‘एलस’ नामबाट एक र व्यक्तिले त्यसको बर्बरताको बारेमा लेखिएको छ ।
एक सोचको निर्माण
संघर्ष, सांप्रदायिकता र ,शत्रुताको एक लामो समय पछि सबै धर्म तथा जातिहरुले एकै विचारधारा मान्न लाग्नेछन् । सेन्चुरी ६–१०
धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवनको घटना, शारीरीक शक्ति र स्मृति सबै दिनप्रतिदिन घट्दै जाने छ ।
कलियुगमा जसको साथमा धेरै धन हुन्छ, कानुन, न्याय उसको शक्तिको आधारमा लागु हुनेछ ।
यस युगमा वयस्क र महिलाको साथमा रहि व्यापारको सफलता निर्भर हुन्छ ।
जो व्यक्ति धेरै चलाख र स्वार्थी हुन्छ, उ यो युगमा धेरै विद्वान मानिन्छ ।
यो युगमा जो सँग धन हुँदैन, उ अधर्मी, अपुरा र बेकार मानिन्छ ।
यस्तो दिन आउनेछ मानिसको सुन्दरता उसको कपालबाट हुनेछ ।
पृथ्वी भ्रष्ट मानिसबाट भरिदै जानेछ, सत्ता हासील गर्नको लागि एकले अर्कालाई मार्नेछन् ।
चिसो, हावा, गर्मी, वर्षा आदी सबैको कारण मानिसहरु धेरै दु्खि हुन्छन् ।