काठमाडौं, २६ फागुन । नेकपा मालेका महासचिव सिपी मैनालीले आफ्नो दुर्घटनाबारे सरकारले अहिलेसम्म छानबिन समिति गठन नगरेकोमा चिन्ता व्यक्त गरेका छन् । ग्राण्डी अस्पतालमा उपचार गराईरहेका मैनालीलाई भेट्न पत्रकार ऋषि धमला पुग्दा मैनालीले यस्तो गुनासो पोखेका हुन् ।
उनले भने,‘मैले त यो दुर्घटनालाई षड्यन्त्रको संकेतको रुपमा लिएको छु । मैले सरकारलाई यो दुर्घटनाको छानबिन गर्न आग्रह गरेको थिएँ । तर, अहिलेसम्म कुनै छानबिन भएन् ।’ उनले भोलिमात्रै आफ्ना पार्टीका नेताहरुले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर छानबिनको लागि आग्रह गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले यही आउने बिहीबार आफू अस्पतालबाट डिस्चार्ज हुनेपनि जनाए ।