Logo

देउवाविरुद्ध सानेपामै पौडेल समूहको बैठक, सशांक फायर



काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच द्वन्द्व चर्किएको छ । पछिल्लो समय देउवाले विभिन्न विभाग गठन गर्नेदेखि महत्वपूर्ण नियुक्ती एकलौटी गरेपछि पौडेल पक्ष रुष्ट बनेको छ ।

पौडेलनिकट स्रोतले दिएको जानकारीअनुसार देउवाविरुद्ध पौडेल समूहले कांग्रेस पार्टी मुख्यालयमै बैठक आह्वान गरेको छ । पौडेल समूहले सभापति देउवालाई असफल सभापतिको विल्ला भिराएको छ । उनले काम गर्न नसकेको पौडेल समूहको आरोप छ ।

कतिसम्म भने देउवाले महामन्त्री सशांकको गृह जिल्ला नवलपरासी पूर्वमा उनी समर्थक जिल्ला सभापतिलाई हटाएर आफूनिकट सभापति बनाएका छन् । देउवाको यो कदमबाट महामन्त्री कोइरालापनि रुष्ट छन् । आजको बैठकको आयोजना नै सशांकले गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्