Logo

माधव नेपाल फकाउँदै ओली पक्ष



काठमाडौं, फागुन २९ । फागुन ११ यता उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई दुईपटक भेटे। पोखरेल हत्तपत्ति नेपाल निवास जान नरुचाउने नेता हुन्।

११ फागुनमा नेपाल निवास पुगेका पोखरेलले संविधान संशोधनको नाफाघाटा र पार्टीको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेका थिए। त्यसपछि दोस्रोपटक उनी मंगलवार साँझ नेपाल निवास कोटेश्वर छिरे।

नेकपाभित्र राष्ट्रियसभाको रिक्त एक पदमा कसलाई पठाउने भन्ने विषयमा देखिएको विवाद पेचिलो बन्दै गएको छ। त्यसले पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको शक्ति संघर्ष चर्किरहेका बेला नेताहरुका आन्तरिक भेटघाट तीव्र बनिरहेको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्