Logo

भारतः काँग्रेसका छ विधानसभा सदस्यको राजीनामा स्वीकृत



२ चैत । भारतको मध्यप्रदेश राज्यका सभामुख नर्मदाप्रसाद प्रजापतीले विधानसभाका छजना सांसदको राजीनामा स्वीकृत गरेका छन् । उनीहरु सबै भारतीय राष्ट्रिय काँग्रेसका हुन् ।

काँग्रेसका इमर्ती देवी, तुल्सी सिलावात, प्रधुमन सिंह टोमर, महेन्द्रसिंह सिसोदिया, गोविन्द सिंह राजपूत, र प्रभूराम चौधरीले पार्टी परित्याग गरेपछि काँग्रेसको अनुरोधमा उनीहरुको राजीनामा स्वीकृत भएको हो ।

उनीहरुलाई केही समय अगाडि राज्य सरकारको मन्त्रिपरिषद्बाट हटाइएको थियो । काँग्रेसका अन्य २२ जना विधायकले पनि पार्टीबाट राजीनामा दिइएको घोषणा गरेका छन् । ती सांसदहरुको घोषणासँगै मुख्यमन्त्री कमलनाथ नेतृत्वको प्रदेश सरकार सङ्कटमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्