एजेन्सी ३ चैत : युरोपका १० देशहरु अझैपनि राजसंस्था छ । तीनको खर्च ठूलो छ । बेलायतको राजपरिवारको खर्च वार्षिक १० करोड डलर र नेदरल्याण्डको राजपरिवारको खर्च समेत उत्तिकै रहेको छ । युरोपका राजसंस्था रहेका देशहरुमा जनताको करबाट यति ठूलो रकम जाने गर्छ तैपनि उनीहरु राजसंस्थालाई निकै सम्मान गर्छन् ।
युरोपमा त्यस्तो पनि देश छ जहाँ राजपरिवारका सदस्यले जनताको करबाट उठेको राज्यकोषको एक पैसा लिदैन उल्टो कर तिर्छन् । त्यो देश हो लिकस्टेन युरोपको सानो मुलुक । लिकस्टेनको राजपरिवार युरोप कै धनी मध्ये एक रहेको छ । राजपरिवार महत्वपूर्ण जमिन र निजी बैंकहरुको मालिक रहेका कारण उनीहरु धनीको सुचीमा पर्दछ । लिकस्टेनका राजपरिवारको संख्या समेत ठूलो रहेको छ । त्यस मध्ये चार जना सदस्यमात्र राजकीय भूमिका निर्वाह गर्दछन् । त्याहाँका राजपरिवार राजनीतीमा संलग्न रहेको छ । राजपरिवारले न्यायधीश नियूक्ति देखि कसैलाइृ माफ समेत गर्न सक्छन् ।