Logo

विज्ञापनमा कसैले पनि आवेदन नदिएपछि…



काठमाडौं, चैत ४ । करिब आठ वर्षपछि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउन अन्तिम तयारी गरिएको छ। ६ महिनाअघि नै चलाउने भनिए पनि लम्बेतान प्रक्रियाका कारण रेल विभाग बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो।

अर्थ मन्त्रालयले रेल चलाउन आवश्यक कर्मचारीको दरबन्दी थप गर्ने भौतिक पूर्वाधार मन्त्रालयको प्रस्ताव केही दिनअघि स्वीकृति गरेको थियो। अर्थको स्वीकृति लगत्तै विभागले सुरुमा २६ दक्ष कर्मचारी नेपाली नै भर्ना गर्न खोजेको थियो। सोको लागि विभागले आह्वान गरेको विज्ञापनमा कसैले पनि आवेदन नदिएपछि ती दक्षसहित थप दुई सय कर्मचारी भर्ना गर्न अर्को विज्ञापन प्रकाशन गर्ने तयारी भइरहेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

विभागले केही दिनअघि चालक लगायत २६ कर्मचारी भर्ना गर्न जारी गरेको विज्ञापनमा स्वदेशीले इच्छा नदेखाएपछि विदेशी जनशक्ति लिने तयारी भएको हो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्