काठमाडौं, चैत ५ । बुधबार दिउँसो देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले अन्य ठाँउको मौसम भने सामान्यतया सफा रहेने जनाएको छ ।
त्यस्तै मध्याहन देशको पश्चिमी पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको समेत महाशाखाले जनाएको छ । आज राति भने देशभरको मौसम सामान्यतया सफा रहने छ ।