काठमाडौं, ५ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोनाको प्रभावबाट जोगिनको लागि प्रदेशका सबै स्कुल, कलेज बन्द गराउने घोषणा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । त्यस्तै, उनले भारत र चीनबाट आउने कोही पनि नागरिकलाई प्रवेश गर्न नदिनेपनि स्पष्ट पारेका छन् ।
https://youtu.be/BXz7It3ysuc