Logo

जल्लाद को हुन्



७ चैत । भारतमा जघन्य अपराधमा संलग्न भइ मृत्युदण्ड पाउने मानिसलाई फाँसीमा झुण्ड्याउने मानिसलाई जल्लाद भनिन्छ । उनीहरुमा मानिसलाई फाँसी दिएकोमा कुनै पश्चात्ताप या पीडाबोध हुँदैन । साहसिलो हुन्छन् । फाँसी दिदा जल्लाद नशामा हुने गर्दछन् ।

नेपालको कानुनमा फाँसी दिने व्यवस्था नरहेको कारण यहाँको कारागारहरुमा जल्लाद हुदैन् । तर, भारतमा फाँसीको सजाय हुने गर्दछ । त्यसकारण भारतमा जल्लाद छन् । भारतमा सिमित जल्लाद परिवार रहेको छ । पुस्तौदेखि उनीहरुको परिवार यस पेशामा संलग्न रहेको छ ।

यसपटक पवन नामक जल्लादले पारिवारिक पेशालाई निरन्तरता दिदै आइरहेका छन् । उनले हालै निर्भया बलात्कार घटनामा संलग्न रहेका मानिसहरुलाई फाँसी दिएका हुन् । मृत्युदण्ड विभिन्न प्रकारको हुने जनाइएको छ । कतिपय देशहरुमा इन्जेक्सन दिइ सजिलै मृत्युदण्ड दिइन्छ भने कतिपय देशहरुमा तडपाएर मार्ने गर्दछन् । पवन उत्तर प्रदेशको कुलाराम जल्लाद खानाको एकमात्र जल्लाद रहेको जनाइएको छ । पवन २५ वर्षको उमेरमा पहिलोपटक जेल प्रवेश गरेका थिए । उनी आफ्नो हजुरबुबा कालूरामसँग गएका थिए ।

जेल भित्र जल्लादलाई ठूलो दर्जा पाएका प्रहरी समेतले सलुट हान्ने गर्दछ । त्यसकारण पवनले पनि यही पेशा अपनाउने निर्णय गरे । तर, जल्लाद बन्न साधारण कुरा नरहेको पवनले जानकारी दिएका छन् । उनको परिवार बाहके अरु कसैले उक्त काम गर्न सक्दैन भन्ने बताए । उनको परिवारको अन्तिम जल्लादको रुपमा पवन आफ्ै रहेका जनाएका छन् । यसपछि मेरो परिवारबाट पनि कोही मानिस जल्लाद नहुने समेत जनाए । जल्लाद पवनले भनेका अनुसार मूत्युडण्डको केस निकै कम मात्रामा आउने गर्दछ । कतिपय मानिस फँसीको अन्तिम चरणसम्म आइपुग्दा नडराउने हुन्छ भने कोही मानिस निकै त्रसित हुने गर्ने बताए । फाँसीमा चढ्न भन्दा केहीदिन अगाडि नै अपराधीलाई उसको अन्तिम इच्छा केहो भनेर सरोकारवालाहरुले साध्ने गर्दछ ।

फाँसी दिनुअघि जल्लादले हिन्दु आपराधीलाई राम राम र मुस्लिम अपराधीलाई सलाम भनी झुण्ड्याउने गर्दछ । जल्लाद यस्तो प्रकारको काम गर्दा उनको मानिस आम्दिनी धेरै हुन्छ हुन्छ भन्ने धेरै मानिसहरु छन् । ब्रिटिश सरकारका पालामा एक मानिसलाई फाँसी दिदा जल्लादले १० रुपैयाँ कमाउने गर्दथ्यो । पछि गएर उक्त रकम बढेर १०० रुपैयाँ पुगेको थियो । अहिले प्रति व्यक्ति जल्लादले तीन हजार देखि पाँच हजार भारतीय रुपैयाँ सम्म पाउेन गर्छन् ।

फाँसी दिने मानिसलाई १० मिनेटको लागि झुण्ड्याउने गर्दछ । त्यसपछि झुण्ड्याइएको मानिसको मूत्यु डाक्टरद्वारा प्रमाणित हुन्छ । फाँसी पाउने मानिसलाई फाँसी भेट्ने जानकारी पहिलै दिइन्छ ।



प्रतिक्रिया दिनुहोस्