एजेन्सी, ८ चैत्र । भारतमा निर्भया बलात्कारका चारजना दोषीलाई झुण्ड्याउने पवन जल्लादले ६० हजार रुपैयाँ पारिश्रमिक पाएका छन् । उनले प्रति व्यक्ति १५ हजारका दरले पारिश्रमिक पाएका हुन् ।
इन्डियन एक्सप्रेसका अनुसार पवन जल्लादले पाएको पारिश्रमिक उल्लेख गरेको हो । ५७ वर्षीय पवन उत्तर प्रदेशका एकमात्र झुण्ड्याउने जल्लाद हुन् । उनले मेरट जेलमा प्रति महिना तीन हजार रुपैयाँ पारिश्रमिक पाउने गरेका छन् ।
पवनका बाबु र हजुरबाबु पनि यही पेशामा थिए । उनले बाबु र हजुरबाबुको पेशालाई निरन्तरता दिएका थिए ।
सन् २०१२ को डिसेम्बरमा निर्भयालाई गुडिरहेको बसमा छ जनाले बलात्कार गरेका थिए । उनीहरुमध्ये एकजनाले आत्महत्या गरिसकेका छन् । अर्का एकजना कम उमेरका भएकाले तीन वर्ष सुधार केन्द्रमा राखेर रिहा भइसकेका छन् ।