Logo

उत्तर कोरियाद्वारा दुई छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण



एजेन्सी ८ चैत : उत्तर कोरियाले दक्षिण कोरियाली समुद्रमा दुई क्षेप्यास्त्र प्रहार गरेको छ । शनिवार बिहान उत्तर कोरियाले समुद्रमा दुई क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएका छन्। क्षेप्यास्त्र छोटो दूरीका रहेको जनाइएको छ । छोटो दूरीका क्षेप्यास्त्र प्योनगान प्रान्तबाट सी अफ जापानतर्फ प्रक्षेपण गरिएको हो । यहि महिनामा उत्तर कोरिया लामो दुरीको क्षेप्यास्त्रहरू परीक्षण गरेको थियो । लामो दुरीको क्षेप्यास्त्रहरू उत्तर कोरियालाई चीन र अमेरिकाले वार्तामा बस्न भनेको थियो।

शनिवार दक्षिण कोरियाका सेना प्रमुखले थप परीक्षण हुनसक्ने हुँदा स्थितिको निगरानी गरिरहेको जनाएका छन् । विश्व कोरोनाभाइरस सङ्क्रमणसँग जुझिरहेको बेला गरिएको परीक्षण “अत्यन्त अनुचित” भएको स्ना प्रमुखले जनाएका छन् । ती क्षेप्यास्त्र ४१० किलोमिटरसम्म उडेको र ५० किलोमिटरको उचाइमा पुगेको दक्षिण कोरियाली सेनाले बताएको छ। जापानले आफ्नो सीमा बाहिर एउटा क्षेप्यास्त्र खसेको पुष्टि गरेको छ।

उत्तर कोरियाले अप्रिल १० मा संसद्‌को भेला गर्ने घोषणा गरेको छ जसका लागि देशभरबाट ७०० नेताहरू एकैस्थानमा आइपुग्ने जनाइएको छ । उत्तर कोरियामा कोरोनाभाइरसको सङ्क्रमण छैन तर केही विज्ञहरू जानकारी लुकाइएको हुनसक्ने अनुमान लगाईरहेका छन् ।

अर्थतन्त्र मजबुत बनाउन उत्तर कोरिया अमेरिका सामु राखेको नयाँ प्रस्तावलाई सन् २०१९ को अन्त्यमा अमेरिकाले रद्द गरेको थियो । अमेरिकाले प्रस्ताव रद्द गरेको जबावमा उत्तर कोरियाका नेताले सी ओफ जापानलाई लक्षितगरी परिक्षण गरेको अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्