Logo

चार महिनाको घरभाडा मिनाहा गर्न माग



काठमाडौं, चैत ११ । भाडावाला सरोकार समाज नेपालले कोरोना भाइरसको प्रभाव मध्यनजर गर्दै तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्न माग गरेको छ ।

बहालमा बस्ने अहिले ठूलो मर्कामा परेको समाजको निष्कर्ष छ । यो अवस्था आत्मसात गर्दै सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले केही समय घरबहाल मिनाहा गर्नुपर्ने माग समाजले गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्